काठमाडौं। सरकारले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । कोभिड– १९ संक्रमणसँगै नेपालले विदेशी पर्यटक आउन प्रतिबन्ध लगाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्र खुला गर्दै विदेशी पर्यटकलाई आवागमन खोल्ने जानकारी दिए । नेपाल उद्योग परिसंघले आयोजना गरेको भर्चुअल छलफलका मन्त्री भट्टराईले विदेशी पर्यटक ल्याउन अनअराइभल भिसा खोल्न लागिएको जानकारी दिएका हुन् । ‘कोरोनाको त्रास विस्तार कम हुँदै गएको छ, परिस्थिति सहज बनेको छ’, उनले भने, ‘अब कात्तिक १ गतेबाट विदेशी पर्यटकका लागि नेपाल खुला गरिनेछ ।’


