Banijya News

नेपाल क्रिकेट संघको साधारण सभा असोज २८ मा हुने

1
1.0K Shares

असोज ७, २०७७ काठमाडौं ः
नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोजको अन्तिम सातामा हुने भएको छ । चितवनमा बसेको कार्य समितीका पदाधिकारीहरुको बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो । भर्चुअल बैंठकबाट सभा गर्ने तयारी गरेको क्यानले जनाएको छ ।


यस अघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने तयारी गरेपनि कोरोना भाईरसको महामारीको कारण स्थगित गरेको थियो । क्यानको बैठकले सवारी दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने निर्णय समेत गरेको छ । साथै, क्यानले महिला र पुरुष खेलाडीको वार्षिक जीवन बीमा गर्ने निर्णय गरेको छ ।

1

Scroll to Top