Banijya News

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित, पुग्यो १८ हजार ६७४

1
1.0K Shares

७ असोज, काठमाण्डौ ।
बुधबार मात्रै काठमाडौं उपत्यकामा ६३७ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।


यस्तै, बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ।

1

Scroll to Top