असोज ७, काठमाडौं ।
आधिकारिक ट्रेड युनियनको चुनाव मंसिर २७ गते हुने भएको छ । सरकारले आगामी असोज २४ गतेका लागि तय भएको निर्वाचन मंसिर २७ गतेका लागि सारेको हो । बुधबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चुनाव मंसिर २७ मा गर्ने निर्णय गरिएको बताए ।
यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो चुनाव स्थगित गर्ने निर्णय गरेको थियो । निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए ।


