काठमाण्डौ । सरकारले पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । असोज ६ गते बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सिन्धुपाल्चोक र बाग्लुङ जिल्लामा दर्जनौंले ज्यान गुमाएपछि पूर्ननिमार्ण कामको लागि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विश्व बैंकमार्फत आएको झण्डै ६ अर्ब रुपैयाँ लगानी गरी यी २ जिल्लामा पुननिर्माणको काम थालिने भएको हो ।


