Banijya News

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को अपरझट बैठक

1
1.0K Shares

असोज ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को अपरझट बैठक बोलाएका छन् । आज (आइतबार) मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएको छ । बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बोलाइएको हो ।

सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । प्रधानमन्त्री ओलीले भोलि सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि आजै आकस्मिक बैठक डाकेका हुन् । मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ब्यापक छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो ।

1

Scroll to Top