Banijya News

सांसद तथा ब्यावसायी उमेश श्रेष्ठलाई कोरोना संक्रमण

1
1.0K Shares

काठमाडौं ः प्याप्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा सांसद रहेका उमेश श्रेष्ठलाई शनिवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । श्रेष्ठ लिटल एन्जल्स स्कुल र प्राइम बैंक पूर्व संचालक समेत रहेका उनले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउनसमेत आग्रह गरेका छन् । रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेनसमा बसेको श्रेष्ठले बताएका छन् । उनले लेखेका छन्, ’शनिवार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु ।’

1

Scroll to Top