Banijya News

आज पनि सुनचाँदीको मूल्यमा बढोत्तरी, घटीराखेको सुनको मूल्य अचानक किन बढ्न थाल्यो?

1
1.0K Shares

१४ असोज, काठमाण्डौ ।


आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी बढेको छ । हिजो प्रतितोला ९ सय रुपियाँ बढेको सुनको मूल्य आज पुनः प्रतितोला ५ सय रुपियाँले बढेको हो ।
यो बढोत्तरीसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, चाँदीको मूल्यमा पनि हिजोको तुलनामा १५ रुपिँया बढदै प्रतितोला १ हजार १ सय ९० रुपियाँ निर्धारण गरिएको छ । हिजो चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।
आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको थियो। यसरी घट्दै आएको सुनको मूल्य बढ्नुको पछाडी अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

1

Scroll to Top