Banijya News

उपभोक्ता ठग्ने २६ पसललाई कारवाही गर्न महानगरको सिफारिस

1
1.0K Shares

असोज १४, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कालोबजारी गरी उपभोक्ता ठग्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ । महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने उक्त पसलहरु भेटिएकाले ती पसलका सञ्चालकहरुलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।

कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि महानगरले उपत्यका भित्रका विभिन्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा महानगरले १ सय २९ मध्ये २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराएको उपप्रमुख तथा अनुगमन समिति संयोजक हरिप्रभा खड्कीले बताईन् ।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामल लगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो ।

महानगरपालिकाले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको हो । यसरी नष्ट गरिएका सामानहरुमा दल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफुल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन्।  खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन समेत दिएको छ ।

यस्तै, ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृतिम अभाव सृजना गरी १ सय ३० रुपैयाँमा विक्रीवितरण गरी उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको खड्कीले बताईन् ।

1

Scroll to Top