Banijya News

स्वर्गीय कलाकार केशव भट्टराईको परिवारलाई ३४ लाख सहयोग

1
1.0K Shares

असोज १४, काठमाडौं ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई ३४ लाख आर्थिक सहयोग गरिएको छ । बुधवार चलचित्र विकास बोर्डमा आयोजित एक समारोहका बिच उक्त सहयोग रकम उनकी श्रीमती नीता भट्टराईलाइ हस्तान्तरण गरिएको हो ।

उनको गत वर्षको मंसिरमा हृदयघातका कारण निधन भएको थियो । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समिती’ को पहलमा उक्त रकम संकलन गरिएको हो ।

अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबई लगायत देशमा बस्ने नेपाली चलचित्रकर्मीबाट तथा नेपालमा रहेका चलचित्रकर्मीहरुलबाट उक्त रकम संकलित भएको थियो । तुलसी घिमिरे निर्देशित फिल्म ‘कोशेली’बाट अभिनेतामा प्रवेश गरेका उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् ।

केही सफल चलचित्र समेत निर्माण गरेका भट्टराईले चलचित्र ‘आफ्नो मान्छे’को कमाईबाट काठमाडौंको अनामनगरमा घर किनेका थिए । पछि फिल्म ‘सो सिम्पल’ असफल भएपछि उक्त घर बोच्नु परेको कारण अनामनगरमा फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए ।

बिकाश बोडको अध्यक्ष नियुक्त भएपछि उनले सिनामंगलमा बैंकलोनमा एउटा अपार्टमेन्टमा घर किनेका थिए । तर त्यहाँ सर्न नपाउँदै उनीको निधन भएपछि अपार्टमेन्टको लोन तिर्न उनको परिवारमा समस्या देखिएको थियो ।

1

Scroll to Top