Banijya News

जेष्ठ नागरिक भत्ता आफ्नो कार्यकालभित्रै ५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा

1
1.0K Shares

१५ असोज, काठमाण्डौ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता ५,००० पुर्याउने घोषणा गरेका हुन् ।

’तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ उनले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिए। फेरि पनि भन्छु मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु।’

उनले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए।

1

Scroll to Top