Banijya News

थप १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण, २३ सय ४० निको भए

1
1.0K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ। हाल २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन् । ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज ११ हजार ४७ जनाको परीक्षण भएको छ। अहिलेसम्म भएको परीक्षणको संख्या १० लाख ९९ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप जना २ हजार ३४० कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। यो कूल संक्रमितको ७४.३ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

1

Scroll to Top