Banijya News

वित्तीय क्षेत्रलाई लाभांस वितरणमा लगामः क्रस होल्डिङ रहेसम्म संस्थाको लाभांश वितरण रोक्का हुने

1
1.0K Shares

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावी लाभांश वितरणमा राष्ट्रबैंकले लगाम लगाएको छ । केन्द्रीय बैंकले नयाँ मापदण्ड बनाई वित्तीय संस्थाहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाम लगाएको हो ।


राष्ट्रबैंकले मंगलबार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै यस्तो लगाम लगाएको हो ।


नयाँ प्रबधान अनुसार अव बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने छन् । नयाँ प्रबधान अनुसार अव बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी क्रस होल्डिङ बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का हुने भएको छ ।


नयाँ प्रबधान अनुसार इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने छ । साथै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।


यसैगरी राष्ट्र बैंकले तोके बमोजिम मासिक रुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक÷वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाएको छ ।


नेपाल सरकारको ५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसंग सम्बन्धित कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको हकमा यस बैंकको स्वीकृति लिई बढीमा २५ प्रतिशतको सीमा कायम हुने गरी एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर लगानी गर्न बाधा नपुग्ने जारी कार्यविधिमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारण सभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारवाही कार्यान्वयन भई उक्त अवधिसम्ममा त्यस्तो कारवाही फुकुवा नभएको अवस्थामा नगद लाभांश तथा बोनस सेयर घोषणा गर्न वा वितरण गर्न राष्ट्र बैंकले स्वीकृति नदिने जनाएको छ ।

यो कार्यविधिअनुसार राष्ट्रबैंकले सेयर प्रिमियम वा मर्जर हुँदाको बार्गेन पर्चेज गेनको रकमबाट नगद लाभांश घोषणा वा वितरण गर्न रोक लगाएको छ । राष्ट्रबैंकले तोके बमोजिम मासिक रुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक र वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरणमा समेत रोक लगाएको छ ।

कार्यविधि यस्तो छः

1

Scroll to Top