Banijya News

वाणिज्य विभागका सेवा प्रभावित, बजार अनुगमनमा समस्या

1
1.0K Shares

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागका कामकारवाही प्रभावित भएका छन् । विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो । कोरोना संक्रमण देखिएसँगै चाडवाडका मुखमा बजार अनुगमन पनि प्रभावित भएको छ । कर्मचारी न्यून रहेको विभागमा हाल ४ समुह बनाएर बजार अनुगमन हुँदै आएको थियो । कोरोना पछि यो पनि प्रभावित भएको हो ।


विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको हो ।


अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्यौट गरिनेछ । यसैगरी विभागले मङ्सिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरणबाहेकका काम पनि प्रभावित भएका छन् ।

1

Scroll to Top