Banijya News

सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु बोक्न दिने सरकारको निर्णय

1
1.1K Shares

असोज २६, काठमाडौं ।
सरकारले सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो । यसअघि सरकारले ५० प्रतिशत बढी भाडा लिन छुट दिएर सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो ।

सरकारले दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय गरेको हो । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

1

Scroll to Top