Banijya News

निक्षेपको ब्याजदर घटाएर बैंक तथा वित्तीय संस्थाहरूले ७ अर्व बचाए

1
1.0K Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी सुस्तिएपछि निक्षेपको ब्याजदर घटाएका कारण बैंकहरूको ७ अर्ब रुपियाँ जोगिएको छ । बैंकहरूले ग्राहकलाई दिने औसत ब्याजदर एक वर्षमा ६ दशमलव ८ प्रतिशतबाट घटेर पाँच दशमलव ६१ प्रतिशतमा सीमित भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष भदौमा बैंक तथा वित्तीय संस्थामा ३३ खर्ब ३५ अर्ब रुपियाँ निक्षेप रहेको थियो । बैंकहरूले यसका लागि ४० अर्ब १९ करोड रुपियाँ खर्च गरेका थिए । यस्तो खर्च कुल निक्षेपको एक दशमलव १९ प्रतिशत थियो । तर, यो भदौमा संस्थाहरूको निक्षेप ६ खर्ब ४ अर्ब रुपियाँले बढेर ३९ खर्ब ६० अर्ब पुगेको छ । यसले बैंकहरूको निक्षेपको लागत ४३ करोड घटेर ३९ अर्ब रुपियाँमा सीमित भएको छ । गत वर्षजस्तै १ दशमलव १९ प्रतिशतको दरमा खर्च गर्नुपरेको भए लागत ४७ अर्ब १२ करोड रुपियाँ पुग्ने थियो ।


बैंक तथा वित्तीय संस्थाले बचत खाता र मुद्दती खाताको ब्याजदरमा कटौती गरेका हुन् । मुद्दती खातामा यसअघि औसत ९ दशमलव ८७ प्रतिशत ब्याजदर दिइरहेकोमा यसपटक ८ दशमलव ६८ प्रतिशतमा झारेका छन् । त्यस्तै, बचतमा यसअघि औसत ४ दशमलव ८५ दिइरहेका संस्थाहरूले ३ दशमलव ३३ मा यसलाई सीमित पारेको समाचार नयाँपत्रिका दैनिकमा छ ।

1

Scroll to Top