असोज २८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७ सय ६ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८ सय ५६ पुगेको छ । त्यस्तै ६२ लाख ९८ हजार ७ सय ५ जना संक्रमणमुक्त भएका छन् । ८ हजार ९ सय ४४ जना गम्भीर बिरामी छन्।


