असोज २९, काठमाडौं ।
सरकारले कञ्चनपुरको दोधारा–चाँदनीस्थित महाकाली नगरपालिका–७ कन्जभोगमा सुक्खा बन्दरगाह घोषणा गरेको सुक्खा बन्दरगाहको बिषयमा पुनः अध्ययन समिति गठन गरिएको छ ।
चार वर्षअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात विकास समितिले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनले सो क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि उपयुक्त स्थान रहेको औंल्याएको थियो ।
सरकारले घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत कार्यान्वयन नभएपछि सुख्खा बन्दरगाहा कार्यान्वयनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेतृत्वको अहिले फेरि अर्को अध्ययन समिति गठन गरिएको हो ।
उक्त समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल संयोजक, सदस्यमा प्रमुख जिल्ला अधिकारी, प्रमुख भन्सार अधिकृत, भूमि सुधार तथा मालपोत अधिकृत, नापी अधिकृत, सिनियर डिभिजन इन्जिनीयर सडक डिभिजन महेन्द्रनगर, सिनियर डिभिजन इन्जिनीयर शहरी विकास तथा भवन कार्यालय तथा डिभिजन वन अधिकृत कञ्चनपुर सदस्य रहेका छन् ।
त्यस्तै, मन्त्रालयका उपसचिव अनिता पौडेललाई सदस्य सचिवका रूपमा चयन गरीएको छ । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव अनिता पौडेललाई सदस्य सचिवका रूपमा चयन गरी नेपाल इन्टरमोडल यातायात विकास समिति अध्ययन समितिको सदस्यमा चयन गरिएको छ ।


