Banijya News

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट भोलि हुने, कार्यक्रम फेसबुक लाइभ गरिने

1
1.1K Shares


२९ असोज, काठमाण्डौ ।
सानिमा जनरल इन्स्योरेन्सले आईपीओ बाँडफाँट भोलि शुक्रबार गर्दैछ । भोली बिहान ८ः३० बजे बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालय बबरमहलमा आईपीओ बाँडफाँट हुने भएको हो ।
आईपीओ बाँडफाँट कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गर्ने योजना रहेको बताइएको छ ।
यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।
उक्त आईपीओमा ८ लाख ८३ हजार ६ सय २४ जनाले १ करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । कूल १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपियाँ बराबरको आवेदन परेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

1

Scroll to Top