Banijya News

नयाँबजारमा ग्यास विष्फोट हुँदा ११ जना घाइते, १ को अवस्था गम्भिर

1
1.0K Shares

२९ असोज, काठमाण्डौ ।


काठमाडौं महानगरपालिका वडा नम्बर १६, नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विष्फोट भएको छ। बिहीबार दिउँसो भएको ग्यास विष्फोटमा परि ११ जना घाइते भएका छन् भने १ को अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुको त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको महानगरिय प्रहरी परिसर लैनचौरले जानकारी दिएके छ ।
महानगरिय प्रहरी परिसर लैनचौरका अनुसार निल कुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर पड्किएको हो।किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । निल कुमारीको घरमा पूर्ण क्षति भएको छ।
अहिले नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।

1

Scroll to Top