३० असोज, काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक एक सुरक्षकर्मीको मृत्यु भएको छ । संक्रमणबाट सशस्त्र प्रहरी बल, मुस्ताङको छोसेर स्थित बिओपीमा कार्यरत २५ बर्षीय पुरुष सुरक्षाकर्मीको मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका–७ घर भएका मृतकको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए ।


