असोज ३०,काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन् ।


