Banijya News

निबृत्तिभरणका लागि बैंक धाउनु पर्ने प्रवधान संशोधन

1
1.0K Shares

काठमाडौं । पेन्सनका लागि बारम्बार बैंक जानु पर्ने झण्झटिलो समस्या हालका लागि समाधान भएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत मंगलबार सेवानिवृत्त कर्मचारीको निवृत्तभरण सम्बन्धमा जारी गरेको सूचनाबाट रिटायर्ड,त्यसमा पनि बृद्ध पेन्सनरलाई कोरोना महामारीमा पटक पटक बैंक जाने झण्झट टरेको हो । यसबाट नेपाल सरकारका कुनैपनि सेवानिवृत्त बृद्ध कर्मचारी महामारीमा पेन्सनको लागि सम्बन्धित बैंकको खाता सक्रिय गराउन बैंकसम्म धाउन नपर्ने भएको हो ।
महालेखा र निवृत्तिभरण व्यवस्थापन कार्यालयले जारी गरेको सूचनापछि निबृत्तिभरण व्यवस्थापन कार्यालय मार्फत् बैंकहरूले यसअघि लागू गरेको ६÷६ महिनामा खाता सक्रिय गराउनुपर्ने व्यवस्थामा संशोधन गरिएको हो । महालेखाले यहि असोज २५ गते र निवृत्तभरण कार्यालयले गत चैत २८ गते सोसम्बन्धी सूचना जारी गरेका थिए ।

पछिल्लो सूचनामा भनिएको छ ‘विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणको कारणले यसरी उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न र हाललाई २०७७ मार्ग मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत् नै निवृत्तिभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने व्यवस्था मिलाइएको छ ।’


महालेखा कार्यालयले नेपाल सरकारको सञ्चित कोष सञ्चालन गर्ने,बजेट कार्यान्वयनमा सहजीकरण गर्ने र सरकारी आयव्ययको लेखा राख्ने काम गर्छ । सोही भएर महालेखाले सेवानिवृत्त कर्मचारीको निवृत्तिभरण वितरणको व्यवस्थापन गरेको हो ।

1

Scroll to Top