काठमाडौं। मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न नेपाली सेनाले पृतनापति सम्मेलन आजबाट शुरु हुनेछ । नेपाली सेनाका अनुसार भर्चुअल माध्यमबाट सम्मेलन हुने सम्मेलन तीन दिनसम्म हुने छ । सम्मेलनमा ८ जना पृतनापतिहरूले आ(आफ्नो पृतनाबाट भएका उपलब्धि, चुनौती र समाधानका लागि चाल्न आवश्यक कदमबारे प्रस्तुति राख्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
सेनाले ६र६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ । हाल सेनाको पूर्वी पृतनामा कायममुकायम पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे र उपत्यका पृतनापति आनन्दकुमार अधिकारी छन् ।
पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सम्माल्दै आएका छन् ।


