Banijya News

अर्थतन्त्र सुधार्न ढिलो नगरौँ : परिसंघ अध्यक्ष राजेशकुमार

1
1.0K Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि ढिलो गर्न नहुने बताएका छन् । केही समयअगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार गर्दा अर्थतन्त्र अहिलेको शिथिल अवस्थामा आइपुगेको बताउँदै अग्रवालले तत्कालै देखिने गरी सुधार थाल्नुपर्ने बताएका हुन् ।

उद्योग परिसंघको बागमती प्रदेश समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै अध्यक्ष अग्रवालले ढिलो गरी गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार र नियामक निकायलाई अनुरोध गरेका थिए । गम्भीर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

‘हामीले यस्तो विषयमा आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधारभन्दा राजनीतिक मुद्दाहरूमा नै ध्यानकेन्द्रित गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ,’ उनले भने, ‘त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसवेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।’

 

1

Scroll to Top