Banijya News

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

1
1.0K Shares

साताको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार छापावाल सुन तोलामा ३०० रुपैयाँ वृद्धि भएर प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ तोकिएको छ ।

शुक्रवार छापावाला सुनको भाउ १ लाख ७ हजार ३०० रुपैयाँ तोकिएको थियो भने तेजावी सु्नको मूल्य १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

यता, चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदी १ हजार ३१० रुपैयाँमा कारोवार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८३२ दशमलव ५४ डलरमा कारोवार भइरहेको छ भने चाँदी प्रतिऔंस ५९ डलरमा कारोवार भइरहेको छ ।

1

Scroll to Top