Banijya News

हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)

1
1.0K Shares

शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया- ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त- ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

इजरायलमा समन्वयका लागि परराष्ट्रले तोक्यो अधिकारी

हमासको आक्रमणमा परी इजरायमा केही नेपालीको मृत्यु र केही घाइते भएपछि नेपाल सरकारले सहयोग र समन्वयका लागि कर्मचारी तोकेको छ । पराष्ट्र मन्त्रालयले सम्पर्क नम्बरसहित सरकारी अधिकृतलाई सहयोग र समन्वयका लागि तोकेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहित चार जनालाई सम्पर्क अधिकृत तोकिएको हो । यस्तै मन्त्रालयले इजरायलको तेलअबिबस्थित राजदूतावासको नम्बर पनि जारी गरेको छ ।

1

Scroll to Top