Banijya News

एमाले मधेश प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

1
1.0K Shares

नेकपा एमाले मधेश प्रदेशको अधिवेशन बुधबार शुरु हुँदैछ। जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ ।

जनकपुरमा हुने अधिवेशनको उद्घाटन मध्याह्न १२ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। उद्घाटनसँगै आज बन्दसत्र शुरु हुनेछ। बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन पेश हुनेछन्।

नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत गराउने प्रयास हुने र हुन नसके बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्ने सचिव भट्टराईले जानकारी दिए। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए। कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनको भनाइ छ। अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ।

1

Scroll to Top