Banijya News

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भने कति ?

1
1.0K Shares

साताको पाँचौ दिन बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको थियो भने तेजावी सुन १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

यता, आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोवार भइरहेको छ । हिजो चाँदी १ हजार ३४० रुपैयाँमा कारोवार भएको थियो ।

1

Scroll to Top