Banijya News

कर्जाको ब्याजदर १० –११ प्रतिशतमा सीमित गर्ने प्रयास भइरहेको छ : कामू गभर्नर मिश्र

1
1.0K Shares

नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे परिरहेको छ,तर पनि हामी ब्याजदर घटोस भन्ने चाहन्छौं । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा १० देखि ११ प्रतिशतमा कर्जा पाउन सक्ने अवस्था बन्यो भने निजी क्षेत्रले सन्तोष मान्नु पर्छ ।’

उनले त्यहि बाटोमा नेपाल राष्ट्र बैंक अग्रसर रहको संकेत पनि गरे । डेपुटी गभर्नरसमेत रहेका मिश्रले वित्तीय स्थिरता, मुद्रा स्फिती नियन्त्रण र बाह्यि क्षेत्रको सन्तुलनका लागि राष्ट्र बैंकले काम गरिरहेको उल्लेख गरे ।

उनले आफूहरु निजीक्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताए । मिश्रले अर्थतन्त्रमा केहि समस्याहरु देखिएको उल्लेख गर्दै सवैजना मिलेर अगाडि बढेमा मात्र समाधान निस्कने बताए ।

1

Scroll to Top