Banijya News

आज फेरी नेपाली बजारमा सुनको मुल्यमा थोरै गिरावट

1
1.0K Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर किनबेच भइरहेको छ । मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १ हजार ५३० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

1

Scroll to Top