Banijya News

क्रिकेटबारे बुझ्न आईसीसीका अध्यक्ष बार्क्ले सोमबार नेपाल आउँदै

1
1.0K Shares

नेपाली क्रिकेटबारे बुझ्न (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) आईसीसीका अध्यक्ष ग्रेग बार्क्ले आज सोमबार अपराह्न काठमाडौँ आइपुग्ने छन् । उनी सोमबार (मार्च १८ तारिख) देखि (२१ मार्च) बिहीबारसम्म चारदिने नेपाल भ्रमणमा आउन लागेको बुधबार क्यानले एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो । आईसीसीका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको बताइएको छ ।

उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको क्यानले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानले जनाएको छ । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको क्यानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

अध्यक्ष बार्क्लेले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीका अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताए ।

क्यानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आईसीसी अध्यक्ष श्री ग्रेग बार्क्ले मार्च १८ देखि २१ सम्म नेपाल भ्रमणमा आउनुभएको छ भनी घोषणा गर्न पाउँदा हामी खुसी छौँ, यो हाम्रो क्षेत्रमा क्रिकेटको विकासको लागि महत्वपूर्ण कदम हो, आईसीसीले हामीलाई दिएको विश्वासको लागि हामी कृतज्ञ र आभारी छौँ ।’

1

Scroll to Top