Banijya News

महरापछि विनोद चौधरी तीर प्रहरीको नजर, पक्राउ पर्लान् त ?

1
1.0K Shares

नेपालका धनाढय सूचीमा पहिलो नम्बरमा रहेका विनोद चौधरी समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइवीको पहिलो नम्बरमा रहेको प्रहरी स्रोतले बताएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । काठमाडौंमा ल्याएर उनलाई सिधै सीआईबीमा लगिएको छ । महराको केश पछि चौधरीको पालो रहेको सीआइवी स्रोतको दाबी छ ।

गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिइसकेका छन् । बाँसवासी केशमा भूमि सुधार विभागमार्फत अघि बढे्को अवस्थामा चौधरी समेत पहिलो नम्बरमा पक्राउको लिष्ट रहेको सिआइवीले जनाएको छ ।

त्यसअघि सांसद विनोद चौधरी सहितलाई अनुसन्धान प्रक्रियामा ल्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने तयारी गरेको छ ।
आफूलाई प्रहरीले पक्रने अन्तिम तयारी गरेको समय चौधरी भने शाक्तिकेन्द्र प्रयोग गरिरहेको निकट स्रोतको दाबी छ ।

गृहमन्त्रीको निर्देशनपछि प्रहरीले अब उनीहरुलाई पक्राउ गर्ला कि उनीहरु नै सीआईबीमा पुगेर बयान देलान् भन्ने चासो चौतर्फी चासो बढेको देखिन्छ । सीआईबीले दुवै व्यक्तिहरु भीआईपी भएकाले त्यही अनुसार अनुसन्धान अघि बढाउने तयारी गरेको छ । सिआइवीले शुरुमा बयानको लागि बोलाउने र अटेर गरेमा पक्राउसम्ममा जानुपर्ने प्रहरीको तयारी छ । सुरुमा उनीहरुलाई आफ्ना कुरा राख्ने मौका दिने तयारी प्रहरी युनिटले गरेको छ ।

1

Scroll to Top