Banijya News

नेपालले गर्यो २ खर्ब १४ अर्ब बढीको खनिज इन्धन आयात

1
1.0K Shares

चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा नेपालमा २ खर्ब १४ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको खनिज इन्धन आयात भएको छ ।

साउनदेखि फागुन महिनासम्मको अवधिमा खर्बौ रुपैयाँको खनिज इन्धन (डिजेल, पेट्रोल, कोइला लगायत)को आयात भएको हो ।

यस अवधिमा आयात भएको २ खर्बभन्दा बढी रुपैयाँको खनिज इन्धनबाट राज्यले ७६ अर्ब ४ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागका अनुसार ८ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख रुपैयाँको पेट्रोल आयात भएको छ ।

यस्तै, ८८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात हुँदा १३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको हवाई इन्धन आयात भएको छ । यता ७६ करोड १९ लाख रुपैयाँ बराबरको मट्टितेल आयात हुँदा ३५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्याँस आयात भएको छ ।

यसबाहेक, ५ अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम बिटुमिन आयात हुँदा १५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कोइला आयात भएको छ ।

 

1

Scroll to Top