नेपालको अर्थतन्त्रमा एउटा ठूलो चुनौतीका रूपमा वैदेशिक व्यापार घाटा सधैँ चर्चामा रहन्छ । यसको अर्थ, नेपालले विदेशबाट आयात गर्ने वस्तु तथा सेवाको मूल्य, यहाँबाट निर्यात हुने वस्तु तथा सेवाको मूल्यभन्दा धेरै बढी हुनु हो । पछिल्लो आकडा अनुसार एक सय ११ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदाधेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले कुल इक सय ११ वटा मुलुकसँग व्यापार भएकोमा जम्मा २५ वटा मुलुकसँग मात्रै व्यापार नाफामा रहेको पाइएको हो । नेपालमा औद्योगिक र कृषि उत्पादन कमजोर छ । हाम्रो उत्पादनले आन्तरिक माग धान्न सकेको छैन् खाद्यान्नदेखि लिएर निर्माण सामग्री, पेट्रोलियम पदार्थ, मेसिनरी र दैनिक उपभोगका वस्तुहरू पनि हामीले ठूलो मात्रामा आयात गर्नुपर्छ । यसको मुख्य कारण, उत्पादन लागत बढी हुनु, पुरानो प्रविधि प्रयोग हुनु, र लगानीमैत्री वातावरणको कमी हुनु हो। जबसम्म हामीले आफैँ उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सक्दैनौँ, तबसम्म व्यापार घाटा बढ्दै जान्छ ।
साझेदार सँगको घाटाको भयावह अवस्था कस्तो ?
नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग मात्रै साउन महिनामा रु ६४ अर्ब ८ करोड ७८ लाख को व्यापार घाटा बेहोरेको छ । यो अवधिमा भारतबाट रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात भएको छ भने निर्यात जम्मा रु १९ अर्ब ४५ करोड २० लाख मात्र भएको छ । त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँगको व्यापार घाटा पनि निकै ठूलो छ । चीनबाट रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको वस्तु आयात हुँदा निर्यात जम्मा रु ५ करोड ४८ लाख मात्र भएको छ, जसले रु २७ अर्ब ९४ करोड १२ लाख को घाटा देखाउँछ ।
यी दुई ठूला मुलुकसँग मात्र नभई नेपालले अन्य देशहरूसँग पनि ठूलो व्यापार घाटा बेहोरेको छ । युएईसँगको व्यापारमा रु १८ अर्ब ३८ करोड, थाइल्यान्डसँग रु ११ अर्ब २० करोड भन्दा बढी, र अर्जेन्टिनासँग रु ९ अर्ब १२ करोड भन्दा बढीको नोक्सानी भएको छ । बहराइनसँग त निर्यात शून्य नै छ ।
त्यस्तै अष्टे«लियासँग नेपालले ६७ करोड २८ लाखकोआयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेशसँग ५३ करोड ५८ लाख बराबरको आयात र सात करोड ५१ लाखको निर्यात गर्दा रू ४६ करोड ७ लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ । अजेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकैव्यापार घाटा बेहोर्नुपरेको छ । बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा रू एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापारभएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ ।
यो अवधिमा देशलाई रू एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा भएको छ ।गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका,रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
किन हुन्छ सधै व्यापार घाटा ?
कमजोर निर्यात आधार र प्रतिस्पर्धी क्षमताको अभाव
नेपालको निर्यातको आधार निकै साँघुरो छ । हामीले सीमित मात्रामा कृषिजन्य वस्तु (अदुवा, चिया, कफी), हस्तकलाका सामान र केही औद्योगिक उत्पादन निर्यात गर्छौँ । तर, यी वस्तुहरू पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी छैनन्। छिमेकी देशहरूसँगको खुला सीमाका कारण अनौपचारिक व्यापार र अवैध आयात पनि धेरै हुन्छ, जसले नेपाली उत्पादनलाई थप कमजोर बनाउँछ ।
उच्च उपभोग प्रवृत्ति र विप्रेषणमा निर्भरता
नेपाली समाजमा उपभोग गर्ने प्रवृत्ति बढ्दो छ, जुन विशेषगरी विप्रेषण (च्झष्ततबलअभ) मा आधारित छ। विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी हुनुको सट्टा धेरैजसो उपभोगमा खर्च हुन्छ । यसले गर्दा विदेशी वस्तुहरूको माग बढ्छ र आयात अझै धेरै हुन्छ । यसरी विप्रेषणले तत्कालका लागि अर्थतन्त्र चलाए पनि दीर्घकालीन रूपमा व्यापार घाटा बढाउन सहयोग गरिरहेको छ ।
सरकारी नीति र पूर्वाधारको कमी
सरकारको नीति पनि व्यापार घाटा कम गर्नका लागि पर्याप्त प्रभावकारी देखिँदैन। निर्यात प्रवद्र्धन गर्ने ठोस योजनाहरूको कमी छ । ऊर्जाको पर्याप्त उपलब्धता नहुनु, यातायात र भन्सार प्रक्रिया जटिल हुनु, र कमजोर पूर्वाधारले पनि उत्पादन लागत बढाउँछ र निर्यातलाई निरुत्साहित गर्छ । नेपालको निरन्तरको व्यापार घाटा हाम्रो अर्थतन्त्रको संरचनागत कमजोरीहरूको प्रतिबिम्ब हो। यो समस्या समाधान गर्न हामीले केवल आयात घटाउने कुरामा मात्र ध्यान दिनु हुँदैन, बरु स्वदेशी उत्पादन बढाउने, निर्यातको आधार फराकिलो बनाउने, र पूर्वाधार विकासमा लगानी गर्नेजस्ता दीर्घकालीन रणनीतिहरूमा केन्द्रित हुनुपर्छ । यसका लागि सरकार, निजी क्षेत्र र सर्वसाधारण सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।


