Banijya News

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ रहेको छ। यस्तै, युरो १६६.४२ रुपैयाँमा किन्न पाइने र १६७.१३ रुपैयाँमा बेचिने तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९०.८२ रुपैयाँ र बिक्रीदर १९१.६३ रुपैयाँ छ।

साउदी रियाल ३७.७६ रुपैयाँमा खरिद र ३७.९२ रुपैयाँमा बिक्री हुने छ भने कतारी रियाल ३८.८५ रुपैयाँमा खरिद र ३९.०२ रुपैयाँमा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, स्विस फ्राँकको खरिददर १७७.९४ रुपैयाँ र बिक्रीदर १७८.६९ रुपैयाँ छ। अस्ट्रेलियन डलर ९३.५७ मा खरिद र ९३.९७ मा बिक्री, क्यानाडियन डलर १०१.५६ मा खरिद र १०१.९९ मा बिक्री हुने छ।

सिंगापुर डलर ११०.०४ मा खरिद र ११०.५० मा बिक्री, चिनियाँ युआन १९.८९ मा खरिद र १९.९७ मा बिक्री, थाई भाट ४.३८ मा खरिद र ४.४० मा बिक्री हुने व्यवस्था गरिएको छ।

यसरी नै जापानी येन (१० येन) ९.६५ मा खरिद र ९.७० मा बिक्री, कोरियन वन (१०० वन) १०.१० मा खरिद र १०.१४ मा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

यसबाहेक, कुवेती दिनार ४६३.२३ रुपैयाँमा खरिद र ४६५.१९ रुपैयाँमा बिक्री हुने छ भने बहराइन दिनार ३७५.६२ रुपैयाँमा खरिद र ३७७.२१ रुपैयाँमा बिक्री हुने जनाएको छ। ओमानी रियाल पनि ३६७.८० मा खरिद र ३६९.३६ रुपैयाँमा बिक्री हुने विनिमयदर तोकिएको छ।

1

Scroll to Top