Banijya News

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, ४९ हजारभन्दा बढीले पाए शेयर

1
1.1K Shares

एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले असोज ७ गते मंगलबारदेखि असोज १० गते शुक्रबारसम्म बिक्री खुला गरेको उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो। उक्त अवधिभर ५६ हजार जनाले रीतपूवर्क आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेपछि कम्पनीले गोला प्रथा (लक्की ड्र) बाट आईपीओ बाँडफाँड गरेको हो।

बाँडफाँडमा ४९ हजार ७०९ जना आवेदकहरूले १०/१० कित्ता शेयर प्राप्त गरेका छन्। यसैगरी, गोला प्रथाबाट छानिएका तीमध्येबाट २ जना भाग्यशाली आवेदकहरूले थप १/१ कित्ता गरी कुल ११ कित्ता आईपीओ हात पारेका छन्।

1

Scroll to Top