Banijya News

गुराँस लघुवित्तको पहिलो त्रैमासको नाफामा ४२ प्रतिशतभन्दा बढीको छलाङ

1
1.2K Shares

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको उत्कृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँको तुलनामा ४२.५७ प्रतिशतले बढी हो, जुन संस्थाको लागि उत्साहजनक उपलब्धि हो। नाफामा यो वृद्धि इम्पेरमेन्ट चार्ज रिभर्स हुनु र खुद ब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धि मुख्य कारणहरू रहेका छन्।

समीक्षा अवधिमा लघुवित्तको वित्तीय कार्यसम्पादनमा समग्र सुधार आएको देखिन्छ। यस त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा १७६.९२ प्रतिशतको अत्याधिक वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशतले बढेको विवरणले देखाउँछ। संस्थाको नाफा बढेसँगै प्रतिशेयर आम्दानी (EPS) १४ रुपैयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ।

वित्तीय सूचकहरूलाई हेर्दा, यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.३ गुणा कायम भएको छ। संस्थाको खुद नाफामा भएको यो सशक्त वृद्धिले चालु आर्थिक वर्षमा लघुवित्तको बलियो वित्तीय आधार प्रस्तुत गरेको छ।

1

Scroll to Top