Banijya News

आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा लग्यौंः अर्थमन्त्री खनाल

1
1.2K Shares

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। आज बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सहभागी मन्त्री खनालले यस्तो बताएका हुन्।

आयोगका कतिपय सिफारिस दीर्घकालीन भएका र संसद्बाट कानुन पारित गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। आयोगकै सिफारिसअनुसार राजस्व र भन्सार प्रशासनमा योग्य कर्मचारी भर्ना गरी सेवा गुणस्तर सुधार्ने प्रयास भइरहेको उनले जानकारी दिए। अर्थमन्त्री खनालले भने, ‘म आफैंले तयार पारेको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी अहिले मेरै काँधमा छ। कतिपय विषय कानुन बनाएर मात्र अघि बढाउन सकिन्छ।’

आयकर गणना गर्न नसक्ने, ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारी जिम्मेवार पदमा रहँदा करदाताले राम्रो सेवा पाउन नसकेको भनेर अहिले पदपूर्ति गर्दा योग्यतामा सुधार गरिएको छ। सोहीअनुसार लोकसेवा आयोगले सोमबार सूचना जारी गरी आर्थिक सेवाअन्तर्गत अर्थशास्त्र र कमर्स विषय अध्ययनलाई अनिवार्य गरेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगमा अध्यक्ष वर्तमान अर्थमन्त्री खनाल थिए।

1

Scroll to Top