Banijya News

सरकार निष्कृय हुँदा सब्जीको मुल्य अत्याधिक बृद्धि

1
1.2K Shares

पछिल्लो समय स्थानीय तरकारी बजारमा अत्याधिक मूल्य वृद्धि भएको छ । बजारमा विभिन्न तरकारीको मूल्य दोब्बरसम्म बढेको उपभोक्ताहरूको गुनासो छ । जसका कारण आम उपभोक्ताको भान्सा महँगीको चर्को मारमा परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले केही मुख्य तरकारीहरूको थोक मूल्यमा समेत उल्लेख्य वृद्धि भएको देखाएको छ । यसबाट दैनिक उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिले विपन्न वर्गका लागि साँझ बिहानको छाक टार्न थप चुनौती थपेको छ । उपभोक्ताहरूका अनुसार साग र तरकारीको मूल्ययति चर्को भएको छ कि व्यापारीहरूले किलोको सट्टा पाउको हिसाबमा कारोबार गर्न थालेका छन् । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका परिवारलाई तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

व्यापारीहरूले यातायात खर्च वृद्धि, वर्षायाममा कम उत्पादन र बिग्रिएको ग्रामीण सडक सञ्जाललाई मूल्य वृद्धिको मुख्य कारण भन्दै बजारमा मूल्य बढदै आएको छ । केही ब्यापारीले भारतमा भएको चुनाब र नाकामा भएको आवतजावतको रोकावटको कारण मूल्यबृद्धि भएको दाबी गरेका छन् । तर यस्को भित्री कारण भने सरकारी तहबाट बजार अनुगमन र मूल्य नियन्त्रण गर्नेतर्फ सरकारी पहल प्रभावकारी नहुनु आम उपभोक्ताहरुको गुनासो छ । जेनजी आन्दोलनपछि बजारमा अनुगन कमजोर हुँदा मूल्यनियन्त्रण बाहिर गएको उपभोक्ताको दाबी छ । कर्मचारी प्रशासन पछिल्लो समय आक्रै निष्कृय छ । झन जेनजी आन्दोलनपछि मौलाको निराशाले बजार बढनमा मदत गरेको जानकार बताउँछन् ।


सरकारले महँगी नियन्त्रण गर्न र बजार अनुगमनलाई कडाईका साथ अगाडि बढाउन आवश्यक रहेको उपभोक्ता हितकर्मीहरुको माग छ । तरकारी बजारमा आपूर्ति सहज हुँदाहुँदैपनि व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेको भन्दै उपभोक्ताहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । अनुगमनको कमीको फाइदा उठाउँदै थोक र खुद्रा दुवै तहका व्यवसायीहरूले मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगिरहेको गुनासो बढेको छ । एक किलो तरकारी किन्दा उपभोक्ताले दुई फरक पसलमा फरक फरक मूल्य तिर्नुपर्ने अवस्था आएको छ, जसले बजारमा अराजकता बढाएको पुष्टी गर्छ ।
दैनिक अनुगमन हुनुपर्ने ठाउँमा महिनौंसम्म कुनै सरकारी टोली बजार अनुगमनमा देखिएको छैन् । व्यापारीहरूलाई डर छैन, जसले गर्दा उनीहरूले खुलेआम कालोबजारी गरिरहेका छन्,“ – काठमाडौंका एक उपभोक्ता रामप्रसाद ढकालले आक्रोश व्यक्त गरे । उता खुद्रा व्यापारी प्रतिदिन आफूलाई मूल्य बढेर तरकारी आउँदा उच्च मूल्यमा बिक्री गर्नुपरेको बताउँछन् ।

यस्तो छ आज कालिमाटी तथा तरकारी बजारको विक्री मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (तराई) प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु २००, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु १००, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ।

रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु ११०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ९५० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २२०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ९० निर्धारण गरिएको छ।

1

Scroll to Top