Banijya News

रिलायन्स स्पिनिङ्ग मिल्सले डाक्यो साधारण सभा

1
1.1K Shares

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनी ऐनको दफा १०५ को उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आव २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

1

Scroll to Top