Banijya News

रास्वपा महाधिवेशनः दोस्रो चरणमा कुन–कुन पदका लागि चुनाव हुँदैछ ?

1
1.0K Shares

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी भइरहेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, दोस्रो चरणको निर्वाचन ४ बजेबाट थाल्नेगरी आयोगले काम गरिरहेको छ ।

रास्वपामा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । रास्वपामा सभापति, वरिष्ठ नेता साथै उपसभापतिमा ३ जना रहने व्यवस्था रहेको छ । ३ जना उपसभापतिमध्ये १ जना मनोनित गर्ने व्यवस्था छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना, ५ सहमहामन्त्रीमध्ये २ जना मनोनित हुने व्यवस्था रास्वपाको विधानमा उल्लेख छ ।

रास्वपाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन् । अब दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने बताइएको छ ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २ हजार नौ सय ५९ मत खसेको थियो । ४ हजार तीन सय ११ प्रतिनिधिमध्ये १ हजार ३ सय ५२ जना मतदानमा अनुपस्थित भए ।

1

Scroll to Top