Banijya News

विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

1
1.1K Shares

दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल गुमाएपछि सुपर आठबाट बाहिरिसकेको नेपालले अन्तिम खेल जितेर १२ वर्षपछि विश्वकपमा विजय दर्ता गर्‍यो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा १७०/७ मा रोक्यो। सोमपाल कामीले चार ओभरमा तीन विकेट लिएर डेथ ओभरमा उत्कृष्ट बलिङ गरे। नन्दन यादवले दुई विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको नेपालका कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७४ रनको सानदार सुरुवात दिलाए। सङ्कटको अवस्थामा दीपेन्द्रसिंह ऐरीले २३ बलमा अविजित ५० रन प्रहार गर्दै गुलसन झासँग ७३ रनको अविजित साझेदारी गरे। नेपालले चार बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। ‘प्लेयर अफ द म्याच’ बनेका दीपेन्द्रले यस विश्वकपमा १६९ रन बनाए। कप्तान रोहित पौडेलले यो जितलाई टोलीका लागि गर्वको क्षण बताए।

1

Scroll to Top