Banijya News

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनको मतपरिणामअनुसार वैद्यले विजय हासिल गरेका हुन्।

महासङ्घको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षका विजयी उम्मेदवार वैद्यले ५६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी रामचन्द्र सांघईले ३० मत मात्र प्राप्त गरे।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले यस पदको निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको थियो।

वरिष्ठ उपाध्यक्षसँगै महासङ्घको कोषाध्यक्ष पदका लागि पनि आजै निर्वाचन सम्पन्न भएको थियो। कोषाध्यक्ष पदमा मनिषलाल प्रधान भारी मतका साथ विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार प्रधानले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत मात्र प्राप्त गरे। महासङ्घमा नयाँ वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन भएसँगै निजी क्षेत्रको यो सबैभन्दा ठुलो छाता सङ्गठनले नयाँ कार्यदिशा र ऊर्जा पाउने विश्वास उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन्।

1

Scroll to Top