त्रिशूली बेत्रावती बजारमा रहेको एक घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ ।
उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । सुगर, प्रेसर तथा मुटुरोगी उनमा हाल हाइपरथरमियाको लक्षण देखिएको छ । हाइपरथरमिया भनेको शरीरको तापक्रम असामान्य रूपमा बढ्नु हो। भदौ १० गतेको बाढीमा सम्पर्कविहीन उनलाई प्रहरीले ११ औँ दिनमा उनको घरबाटै जीवितै उद्धार गरेको हो ।
उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।


