कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण गरिएको छ । कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ ।


