असार २१, काठमाडौं ।
गूगलले २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन डिटेल चोरिरहेको जानकारी पाएपछि गूगलले प्ले स्टोरबाट उक्त एपहरु हटाएको हो । गुगलले हटाएका उक्त एप मोबाइलमा डाउनलोड गरिएको भए डिलिट गर्न सुझाइएको छ ।
साइबर सेक्युरिटी फर्म इभिनाले प्ले स्टोरमा रहेका यी मोबाइल एपहरुले फेसबुक प्रयोगकर्ताको लगइन डिटेल चोरी गरिरहेको भनेर गूगललाई जानकारी गराएको थियो ।
फाइल म्यानेजर, वालपेपर, फ्ल्यासलाइट, वेदर, स्क्रीनसट, इडिटर लगायतका एपहरुमा मालवेयर पाईएको थियो । जसबाट फेसबुक प्रयोगकर्ताको लग ईन सहितका डेटा चोरी हुँदै आएको थियो । प्ले स्टोरबाट हटाइएका २५ वटा एप कूल २० लाख प्रयोगकर्ताले डाउनलोड गरेका थिए । एजेन्सी


