Banijya News

‘बाहुबली’ का ‘भल्लालदेव’को भूमिका गर्नै राणा दग्गुबाती आज विवाह बन्धनमा बाँधिदै

1
1.1K Shares

चर्चित भारतीय फिल्म ‘बाहुबली’ मा ‘भल्लालदेव’ को भूमिकामा निर्वाह गरेका अभिनेता राणा दग्गुबातीको आज (शनिबार) विवाह बन्धनमा बाँधिंदैछन् ।


प्रेमिका मिहिका बजाजसँग लकडाउनकै बीचमा परिवार र निकट साथीहरुको उपस्थितिमा ’इन्गेजमेन्ट’ गरेका दग्गुबाती आज विवाह बन्दनमा बाधिदै छन् ।


दग्गुबातीका पिता एवम् फिल्म निर्माता सुरेश बाबूले छोराको विवाह हैदराबादमा हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाभाइरस महामारीबीच हुन लागेको वैवाहिक कार्यक्रम भारत सरकारले जारी गरेको मापदण्ड अनुसार हुने छ ।


कोरोना महामारीका कारण विवाहमा फिल्म उद्योगभित्र र बाहिरका निकट व्यक्तिहरुलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । विवाहमा ३० जना मात्र पाहुना सामेल हुने र आउनेहरुको कोरोना परीक्षण गरिने भएको छ । विवाह तेलुगु र मारवाडी रीति अनुसार हुनेछ ।

1

Scroll to Top