Banijya News

कोरोना भ्याक्सिन बितरणको नेतृत्व युनिसेफले गर्ने

1
1.1K Shares

काठमाडौं, २० भदौ । बिकासोन्मुख मुलुकरुका लागि कोरोना भाइरसको भ्याक्सिन खरिद, बिक्री तथा बितरणमा युनिसेफले मुख्य सहयोगी भूमिका निर्वाह गर्ने भएको छ । हालसम्म कोरोना भाइरसको भ्याक्सिन पूर्ण रुपमा कुनैपनि मुलुकले बिकास गर्न सकिरहेका छैनन् । भ्याक्सिनको विकाश नै नभएपनि आगामी समयमा बने उत्पादक तथा साझेदार मुलुकका कम्पनीहरुसँग युनिसेफले सहकार्य गर्नेछ ।


बिश्वको गरिब तथा बिकासोन्मुख मुलुकहरुमा पनि कोरोना भाइरसबिरूद्धको भ्याक्सिन समान रूपमा बितरण होस भन्ने उदेश्यले गाभीको कार्यक्रम अन्तर्गत भ्याक्सिन बितरणका लागि सम्पूर्ण जिम्मा युनिसेपले लिने भएको हो । युनिसेफले मध्यम आय भएका ९० बढि देशका लागि (पिएएचओ) कोषसँगको सहकार्यमा खोप किनेर आपूर्ति गर्ने भएको हो ।

1

Scroll to Top