Banijya News

दम एक विकराल समस्या बन्दैः यस्ता छन् यसबाट बच्ने घरेलु उपाय

1
1.1K Shares

१२, मंसिर, २०७६, काठमाण्डौ । दम ( Ashthma ) फोक्सोको एकखाले जीर्ण रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुने गर्छ । दम रोगमा सास फेर्न गाह्रो हुने प्रमुख लक्षण भए पनि धेरैजसोमा खोकी लाग्ने, घ्यारघ्यार हुने, छाती दुख्ने, छाती कस्सिएको अनुभव हुन्छ । हप्तामै, दिनमै कहिलेकाहीँ एकैदिन पनि धेरै पटक हुन सक्छ । जसले गर्दा अनिद्रा हुने, थकित हुने, आलस्य लाग्ने गर्छ । दमको समस्या पूर्ण रूपमा निको पार्न नसकिए पनि यसका लक्षण चिह्न नियन्त्रणमा ल्याई सहज जीवनयापनमा मद्दत गर्दछ ।
कसरी थाहा पाउने दम भएको ?
हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ(स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् । यदि हामीलाई दम भएको छ भने, उक्त स्वासनलीको भित्री भाग सुन्निने हुन्छ र धुलो, धुँवा, गह्रौँ काम र तनावले गर्दा स्वासनलीमा झन् बढि दवाव पर्दै जान्छ । यस्तो प्रतिक्रियाले स्वासनलीमा बाक्लो खकार जम्मा हुँदै जान्छ, जसले गर्दा हामीलाई स्वासप्रश्वास गर्न अप्ठ्यारो हुँदै जान्छ । यस्तो अवस्था बढ्दै गएमा हामीलाई दमघात (Asthma Attack) हुन्छ र तुरुन्तै अस्पताल जानुपर्ने अवस्थाको सिर्जना हुन्छ ।
यि हुन् ‘दम’लाई कम गर्ने घरेलु उपायहरू
दम हुनुको ठेट कारण अझसम्म पत्ता नलागे पनि विभिन्न अनुसन्धानले एलर्जी, वायु प्रदूषण, स्वासप्रश्वास सङ्क्रमण, दूषित वातावरण, असन्तुलित खाना र केही औषधीलाई कारण बताएको पाइन्छ ।

दम खतरनाक रोग हो, तर यसलाई रोकथाम गर्ने केहि घरेलु उपायहरू निम्न छन् । तर अवस्था जटिल हुँदै गएमा, ढिलो नगरी तुरुन्तै अस्पताल गएर उचित उपचार गराउनु नै बुद्विमानी हुन्छ ।

१.अदुवाको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाइएको मिश्रणलाई दिनमा ३ चोटी एक एक चम्चा खाएमा दमबाट राहत पाउन सकिन्छ । सुकेको अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ ।
तपाईँले काँचो अदुवालाई नुनसँग मिसाएर पनि खान सक्नुहुन्छ ।
२. थोरै तोरीको तेललाई कपूरको धुलोसँग तताएर मनतातो भएपछि बिरामीको छाती र ढाडमा हलुका मसाज गरिदिनुपर्छ ।
३. एक कप दूधमा २ वा ३ पोटी लसुन राखेर उमालेर पिउनाले पनी दमबाट राहत पाउन सकिन्छ ।

दमबाट कसरी बच्ने ?
– धूम्रपान तथा मद्यपान नगर्ने ।
– वायु प्रदूषणबाट बच्न धुवाँ–धुलोमा जाँदा माक्र्सको प्रयोग गर्ने ।
– गाउँघरमा धुवाँरहित चुल्होको प्रयोगलाई बढावा दिने ।
– सकेसम्म चिसोबाट बच्ने ।
– कलकारखानामा काम गर्ने मानिसले राम्रोखालको माक्र्सको प्रयोग गर्ने ।
– विभिन्न प्रकारका रसायनसँग नजिक हुनुपर्ने मानिसले सुरक्षाका उपायहरू अपनाउने ।

1

Scroll to Top